शेयर
नेप्सेमा पुनः कीर्तिमान कायम हुँदा कारोबार रकम र बजार पूँजीकरणमा पनि कीर्तिमान
विराटचोकः आज शेयर बजारका विभिन्न विधामा नयाँ कीर्तिमान कायम भएका छन् । आज नेप्से परिसूचक ५०.१४ अंक अर्थात् १.७६ प्रतिशतले बढेर २९०६.९१ को बिन्दुमा अडिएको छ । यसअघि जेठ २० गते नेप्से हासम्मको सर्वाधिक सर्वाधिक उचाइ २८५६.७७ को बिन्दुमा पुगेको थियो । बिहीबारको सो रेकर्ड आज तोडिएको हो । सेन्सेटिभ इन्डेक्स पनि ७.८८ अंक बढेर ५२०.९९ मा पुगेको छ ।
आज कारोबार रकमले पनि कीर्तिमान कायम गरेको छ । आज १७ अर्ब २७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यसअघि गत जेठ १६ गते १७ अर्ब २ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । सो रेकर्ड आज तोडिएको हो ।
आज बजार पूँजीकरण पनि ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख ५२ हजार १ सय ५७ रुपैयाँ कायम भएको छ । गत बिहीबार नै समग्र बजार पूँजीकरण नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा माथि पुगेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ । लगानी समूह सबैभन्दा धेरै ३.९९ प्रतिशत बढ्दै बैैंकिङ समूह ३.६६ र अन्य समूह ३.०३ प्रतिशतले बढेका छन् । विकास बैंक समूह २.३८, सामुहिक लगानी कोष १ दशमलव ६०, वित्त समूह १.४३ र लघुवित्त समूह ०.०८ प्रतिशतले बढेका छन् ।
जलविद्युत समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घट्दा उत्पादनमूलक समूह १.१४ र व्यापार समूह १.०२ प्रतिशतले घटेका छन् । जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन समूहमा ०.६८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
आज २ सय १८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ कित्ता शेयर १ लाख ७१ हजार ६० पटक किनबेच भएका छन् । आज पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब २१ करोड १४ लाख ५६ हजार ९ सय ४६ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लुम्बिनी विकास बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक र सेञ्चुरी कमर्सियल बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बढेको बजारमा महिला लघुवित्त, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । राधी विद्युत कम्पनीका शेयरधनीहरुले साढे ८ प्रतिशतले घाटा बेहोरेका छन् । उच्च मूल्य घट्ने अन्य कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, नारायणी विकास बैंक, आँखुखोला जलविद्युत र युनियन हाइड्रोपावर परेका छन् ।
Facebook Comment
Banner
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।
Banner
टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ
Tata को ठगी धन्दा : नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौ महानगरपालिकाले गरेको छ । काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गरेर यस्तो खुलासा गरिदिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धारकाअनुसार महानगरले नयाँ भन्दै सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानाे भएको बताए । महानगरको नयाँ खुलासासँगै सिप्रदी ट्रेडिङले बिक्री गर्ने गरेको सबै प्रकारका गाडी नयाँ हो वा पुरानो भन्नेमा आम उपभोक्तामा संशय पैदा गराएको छ । यससँगै काठमाडौं महानगरले सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
Banner
आज – ०१ जेठ २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login